Lumbini General Insurance Head office is going to shift in own building @ Gyaneshwor soon..
Tridevi Marg, Thamel
P.O. Box: 23100
Kathmandu
Tel: 4411707, 4412004
Fax: 4411692
Email: lgic@mos.com.np
Website: www.lgic.com.np





१. बीमा केलाई भनिन्छ?
बीमा कुनै दुई पक्षबिचको एक सम्झौता हो जसमा पहिलो पक्ष(बीमित)ले आफ्नो वस्तु वा दायित्वको कुनै जोखिमहरूका विरूद्घ आर्थिक सुरक्षाको निम्ति पूर्वघोषित सानो रकम बुझाए वापत दोश्रो पक्ष(बीमक)ले पहिलो पक्षलाई आर्थिक सुरक्षा प्रदान गर्छ ।
२. बीमा कति किसिमका हुन्छन्?
जीवन तथा निर्जीवन गरी बीमा दुई प्रकारका हुन्छन्। मान्छेको जीवन र त्यससंग सम्बन्ध राख्ने बीमालाई जीवन बीमा भनिन्छ। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमाको मात्र सेवा प्रदान गर्छ ।
३. निर्जीवन बीमा केलाई भनिन्छ?
जीवन बीमा बाहेक चल/अचल सम्पत्ति (घर, गोदाम, उद्योग, सवारी-साधन) को बीमा निर्जीवन बीमा अन्तर्गत गरिन्छ। यद्यपि यसमा व्यक्तिगत दुर्धटना, औषधोपचार खर्च, तेस्रो पक्ष दायित्त्व, उत्पादन दायित्त्व, विदेश यात्रामा पर्ने जोखिमहरूको पनि बीमा हुन्छ ।
४. कोहि व्यक्ति वा संस्थाले बीमा कसरी गर्न सक्छन्?
कुनै
पनि बीमा गराउनु
अघि, केको बीमा
गराउने हो, बीमा
गराउन मिल्छ वा
मिल्दैन, के के संकट
वा जोखिमहरूका विरूद्घ बीमा
गराउने हो, कति
अवधिको लागि बीमा
गराउने हो, बीमा
गराउने सम्पत्तिको मूल्य
आदि कुराहरूको निश्चय
गर्नुपर्छ। तत्पश्चात प्रस्ताव फारम भरेर वा
निवेदन लेखेर लुम्बिनी जनरल
इन्स्योरेन्स कम्पनीमा बुझाउनु पर्छ। (प्रस्ताव फारम
भर्ने देखि लिएर
बीमालेख प्राप्त गर्दा सम्मका कार्यमा कम्पनीको व्यापार शाखाका
कर्मचारीहरूको
सहयोग लिन सकिन्छ)
५. प्रस्ताव फारम भर्नुको उद्देश्य के हो?
प्रस्ताव फारमबाट बीमालेखको लागि
आवश्यक बीमितको सम्पूर्ण जानकारी प्राप्त गरिन्छ। बीमालेखको लागि
चाहिने जानकारी साधारणतया यस
प्रकारका हुन्छन् ।
- प्रस्तावकको नाम र ठेगाना
- प्रस्तावित व्यक्ति, वस्तु वा दायित्त्वको विस्तृत विवरण
- प्रस्तावितको स्थान, ट्राञ्जिट रूट आदि
- प्रस्तावितको सम्पत्ति, पेशा, उमेर आदि; प्रस्तावित दायित्त्वको हकमा व्यापारको स्वभाव आदि
- प्रस्तावित मूल्य, दायित्त्वको सीमा, बीमाङ्क आदि
- संकट वा जोखिम जसका विरूद्ध बीमा गरिन लागिएको हो
- बीमाको समयावधि
- विगतका बीमा तथा दावी विवरणहरू
६. बीमालेख जारी गर्नको निम्ति प्रस्ताव फारमसंगै संलग्न गर्नुपर्ने कागजातहरू के के हुन्?
सवारी
साधनको बीमाको निम्ति
सवारी दर्ता पुस्तिका (ब्ल्यु
बुक)को फोटोकपी र
यस अघि कुनै
अरू बीमा कम्पनीबाट बीमा
गराएको भए त्यहाँबाट जारी
गरिएको नविकरण सुचना
(दावी रहित छुटको
लागि); सामुद्रिक बीमाको
निम्ति चलानीपूर्जी, बिजक,
पूर्व बिजक (Proforma Invoice), आयात प्रतित
पत्र (L/C) आदि; ठेकेदारको सम्पूर्ण जोखिम
बीमाको निम्ति ठेकेदारको मालिकसित भएको
करारनामा, गर्नु पर्ने कामको
विवरण (BOQ); विदेश यात्रा बीमाको
निम्ति पासपोर्टको फोटोकपी तथा
अन्य बीमाको निम्ति
बीमा कम्पनीद्वारा माग
भए बमोजिम कागजातहरू पेश
गर्नु पर्छ ।
७. बीमालेख प्राप्त गरेपछि बीमितको कर्तब्य के हो?
बीमितले बीमालेखमा भएको
नाम, बीमा अवधि,
बीमित वस्तु व्यक्ति वा
दायित्त्व, उल्लेखित जोखिम, बीमा शुल्क,
विशेष अपवादहरू आदि
त्यस्तै शर्त, नियम, वारेण्टी, हदबन्दी आदि
सबै कुराहरू सहि
छ वा छैन
राम्ररी जाँच्नुपर्छ ।
८. सवारी साधन बीमालाई के केमा विभाजन गर्न सकिन्छ?
सवारी
साधन बीमालाई व्यापक
बीमा, तेस्रो पक्ष
दायित्व र तेस्रो पक्ष
दायित्त्व तथा आगलागि र/वा चोरी गरी
तीन भागमा विभाजन
गर्न सकिन्छ ।
९. तेस्रो पक्ष दायित्त्वले के के सुरक्षा गर्छ?
सवारी
साधनले तेस्रो पक्षको
व्यक्ति वा सम्पत्तिको हानी
नोक्सानी गरेमा क्षतिपूर्ति दिन्छ।
सवारी साधनले गर्दा
तेस्रो पक्ष (पदयात्री, अर्को
सवारी साधनका चालक
तथा सवार आदि)लाई भएको शारीरिक क्षति
वा मृत्यु पनि
यसमा पर्छ। थप
बीमा शुल्क तिरेर
चालक तथा अन्य
कर्मचारी, यात्रु आदिको दुर्घटना बीमा
समावेश गर्न सकिन्छ। यो
बीमा अनिवार्य भएकोले
बीमा नगरी सवारी
साधन चलाउन हुँदैन
।
१०. सवारी साधनको व्यापक बीमाले के के कुराको सुरक्षा गर्छ (क्षतिपूर्ति दिन्छ)?
यस
बीमाले सवारी साधनमा
दुर्घटना, आगलागी, चट्याङ्ग, भूकम्प,
बाढी, आँधीबेरी, बिस्फोटन, चोरी,
आदिबाट हुने क्षति,
दुर्घटना ग्रस्त मोटर तान्ने
खर्च, तेस्रो पक्ष
दायित्त्व आदिको क्षतिपूर्ति गर्दछ।
थप बीमा शुल्क
तिरेर हुलदङ्गा, आतङ्कवाद, तलबी
चालक तथा अन्य
कर्मचारी, यात्रु, बीमित आदिको
व्यक्तिगत दुर्घटना समेत समावेश गर्न
सकिन्छ ।
११. सवारी साधनको व्यापक बीमाले कुन अवस्थामा क्षतिपूर्ति दिदैन?
चालकले
मादक पदार्थ सेवन
गरी चलाएको अवस्थामा, चालक
जायज चालक अनुमतिपत्र वाला
नभएको अवस्थामा, टायरको
क्षति (सवारी साधनको
क्षति नभएको अवस्थामा) भएमा,
सामान्य मेकानिकल क्षति जस्तै खिईने,
टुटफुट, यस्तै जानाजान लगाएको
चोट, आत्महत्या वा
आत्महत्याको प्रयासबाट भएको हानी नोक्सानी आदि
।
१२. सवारी साधनको व्यापक बीमामा के के कुराले बीमा शुल्कलाई असर गर्छ?
सवारी
साधनको बीमा शुल्कको लागि
सवारी साधनलाई तीन
भागमा विभाजन गरिन्छ
निजी सवारी साधनः
निजी सवारी साधनको
बीमा शुल्कमा सवारी
साधन प्रयोग गर्ने
भौगोलिक स्थान, मेशिनको घन
क्षमता (C/C) र सवारी साधनको
समसामयिक मूल्यले असर गर्छ। त्यस
बाहेक सवारी साधनमा
भएका अतिरिक्त पूर्जाहरू (जस्तै
रेडियो A/C, आदि)को
भिन्दै इलेक्ट्रिकल वा
नन्-इलेक्ट्रिकलका आधारमा
बीमा शुल्क थपिन्छ
।
व्यवसायिक सवारी
साधनः व्यवसायिक सवारी
साधनमा पनि मालवाहक सवारी
साधन भए भार
वहन क्षमता, सवारी
साधनको कुल वजन
र सवारी साधनको
समसामयिक मूल्यले बीमा शुल्कमा असर
पार्छ भने यात्रुवाहक सवारी
साधन भए कुल
यात्रु क्षमता र
सवारी साधनको समसामयिक मूल्यले बीमा
शुल्कमा असर पार्छ। दुवै
अवस्थामा अतिरिक्त पूर्जाहरूको भिन्दै थप बीमा
शुल्क लाग्छ। साथै
व्यवसायिक सवारी साधनको प्रत्येक दावीमा
अनिवार्य रूपमा अनिवार्य अधिक
घटाइन्छ।
दुई पाङ्ग्रे सवारी
साधनः दुई पाङ्ग्रे सवारी
साधनमा मेशिनको घन
क्षमता (C/C) र समसामयिक मूल्यले बीमा
शुल्कमा असर पार्छ। यसमा
पनि अतिरिक्त पूर्जाहरूको थप
बीमा शुल्क लाग्छ।
अतिरिक्त पूर्जाको मात्र चोरी भएमा,
त्यसको मात्रै क्षतिपूर्ति दिइने
छैन, तर सवारी
साधन नै चोरी
भएमा, अतिरिक्त पूर्जाहरूको पनि
बीमा गराएको अवस्थामा सवारी
साधनका साथै अतिरिक्त पूर्जाहरूको पनि
क्षतिपूर्ति दिइनेछ ।
१३. “दावी रहित छुट भनेको के हो?
अघिल्लो वर्षमा कुनै दावी परेको छैन भने त्यस वापत अर्को वर्षमा बीमा शुल्कमा दिइने छुटलाई “दावी रहित छुट” भनिन्छ। कुनै दावी परेको खण्डमा भने, त्यसको लगत्तै अर्को वर्षमा “दावी रहित छुट” दिइँदैन ।