Lumbini General Insurance Head office is going to shift in own building @ Gyaneshwor soon..
Tridevi Marg, Thamel
P.O. Box: 23100
Kathmandu
Tel: 4411707, 4412004
Fax: 4411692
Email: lgic@mos.com.np
Website: www.lgic.com.np





अधिकः कुनै नोक्सानीमा बीमितले आफ्नो तर्फबाट व्यहोर्नु पर्ने निश्चित रकम ।
ईच्छाएको व्यक्तिः बीमितले आफ्नो मृत्यु भएको अवस्थामा बीमालेखमा उल्लेखित लाभ प्राप्त गर्न मनोनित गरेको व्यक्ति।
खतराः खतरा भनेको त्यस्तो अवस्था हो जहाँबाट कुनै संकटका कारण क्षति हुने सम्भावना बढि हुन्छ ।
जोखिमः जोखिम भनेको आर्थिक क्षतिको अनिश्चितता हो। बीमा क्षेत्रमा संकट (peril) लाई पनि जोखिम भन्ने गरेको पाइन्छ।
दुर्घटनाः कुनै व्यक्तिक वा वस्तुको हानि वा क्षति हुने गरी भएको आकस्मिक घटना ।
पुनर्बीमाः बीमकले यदि कुनै बीमाकै फेरी बीमा सुरक्षा गर्छ भने त्यसलाई पुनर्बीमा भनिन्छ। पुनर्बीमामा बीमक आफूले वहन गरेको जोखिमको केही भाग पुनर्बीमकलाई हस्तान्तरण गर्छ ।
बीमकः बीमक, बीमा सम्झौता गर्ने एक पक्ष हो जसले अर्को पक्ष (बीमित)को दुर्घटना वा कुनै घटनाबाट हुने आर्थिक क्षतिको क्षतिपूर्ति गर्ने जिम्मेवारी वहन गर्छ। बीमा कम्पनीहरू बीमक हुन्।
बीमाः बीमा कुनै दुई पक्षबिचको एक सम्झौता हो जसमा पहिलो पक्ष (बीमित)ले आफ्नो वस्तु वा दायित्वको कुनै जोखिमहरूका विरूद्घ आर्थिक सुरक्षाको निम्ति पूर्वघोषित सानो रकम बुझाए वापत दोश्रो पक्ष(बीमक)ले पहिलो पक्षलाई आर्थिक सुरक्षा प्रदान गर्छ ।
बीमालेखः बीमालेख बीमाको करारपत्र हो जसमा बीमा सम्झौतालाई विस्तृतरूपमा वर्णन गरिएको हुन्छ ।
बीमितः बीमित बीमा सम्झौता गर्ने दुई मध्ये त्यो पक्ष हो जसले आफ्नो कुनै वस्तु वा दायित्वको आर्थिक सुरक्षाको निम्ति अर्को पक्षसंग आग्रह गर्छ ।
रात्री कार्यः राती ९ बजे देखि बिहान ५ बजे सम्म गरिने कार्य ।
संकटः कुनै पनि क्षतिका कारकलाई संकट भनिन्छ। जस्तैः अग्नि, भूकम्प, आदि। बीमा क्षेत्रमा यसलाई जोखिम पनि भन्ने गरेको पाइन्छ ।
सम्पुष्टिः बीमालेखमा व्यवस्था नभए पनि बीमालेखमा संलग्न गरिएको वा संशोधन गरिएको बुँदा ।