मोटर बीमाः
यस बीमालेखले कुनैपनि प्रकारका सवारी साधनहरुको दुर्घटनाको कारणबाट हुने मानवीय तथा भौतिक क्षतिको लागि सुरक्षा प्रदान गर्दछ । यस अन्तर्गत बीमा गरिएको सवारी साधनमा हुने क्षति, त्यसका चालक, परिचालक, त्यसमा सवार यात्रु तथा तेश्रो पक्षको सम्पत्ती तथा व्यक्तिको मृत्यु भएकाहरुको क्षतिपूर्ति, घाइतेहरुको उपचारमा हुने खर्च र दुर्घटनाबाट हुने तेश्रो पक्षको सम्पत्तीको हानीनोक्सानी बापतको समेत सुरक्षण प्रदान गर्दछ ।
- निजी कार
- मोटर साईकल
- व्यवसायिक सवारीसाधन
- बस
- ट्रक
- ट्याक्सी
- राजमार्गमा चल्ने अन्य सवारी साधनहरु